News मोरङमा आठौं बेलबारी गोल्डकप शुरु, एल.एक्स. सिटीको विजयी शुरुवात
गोलनेपाल

लक्ष्मीमार्ग । आइतबारदेखि शुरु भएको मेजर स्व. एन.बी. रुङमाङ स्मृति आरजु राईस आठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक एल.एक्स. सिटी क्लब, लक्ष्मीमार्ग, मोरङले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा एल.एक्स. सिटीले लिजेण्ड फुटबल एकेडेमी, सिलिगुडी, भारतलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । एल.एक्स. सिटीको जितमा सनम धिमाल र बिबेक पौडेलले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि एल.एक्स. सिटी कै बिबेक पौडेल चुनिए । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे ।

यो जितसँगै एल.एक्स. सिटी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असोज २७ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल झापा–११ फुटबल क्लब, झापा र भोजपुर डिएफसी, भोजपुरबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई लगायतले गरेका थिए ।

एल.एक्स. सिटी फुटबल क्लब, बेलबारी, भोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक १ गतेका दिन हुनेछ ।

 

Post Comments