News मकवानपुरमा प्रथम स्व. साइमन योञ्जन स्मृति कप फुटसल प्रतियोगिता हुँदै
बिक्रम बानियाँ क्षेत्री

मक्रान्चुली । मकवानपुरगढी खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा आउँदो असोज ३१ देखि कार्तिक २ गतेसम्म प्रथम स्व. साइमल योञ्जन स्मृति कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुली स्थित मिनी फुटसल ऐरिनामा हुने प्रतियोगिताको यही असोज २९ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको आयोजकले जानकारी दियो ।

मकवानपुरगढी गाउँपालिकाको कार्यालय, मक्रान्चुली, मकवानपुरको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

Post Comments