News वाईवाई तेस्रो ज्योतिपुञ्ज कपः सुर्यपुर क्वाटरफाइनलमा
गोलनेपाल

किसानबारी । सुर्यपुर फुटबल क्लब, चितवन यहाँ जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ सुर्यपुरले होराईजन क्लब, स्याङ्जालाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । सुर्यपुरको जितमा आशिष थिङ र बिक्की चाम्लिङ राईले गोल गरे ।

खेलको म्यान अफ दि म्याच सुर्यपुरका आशिष थिङ बन्दा रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच सुर्यपुर कै अर्का गोलकर्ता बिक्की चाम्लिङ राई घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज २८ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पा र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।

Post Comments