News
युएईः नखिल गुर्खाजलाई प्रथम जिसीडी दशैं कपको उपाधि
काठमाडौं । प्रवासी नेपालीहरुबीच युएईमा सम्पन्न प्रथम जिसीडी दशैं कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खाज फुटबल क्लबले जितेको छ ।
फाइनलमा नखिल गुर्खाजले नव बुद्ध फुटबल क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको हो । विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद ५००० युएई दिराम हात पार्दा उपविजेता नव बुद्धले ३००० युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
सुदिल राई फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । सर्वाधिक गोलकर्ता लक्ष्मण केसी बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी निर कुमार राई घोषित भए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने