News युएईः नखिल गुर्खाजलाई प्रथम जिसीडी दशैं कपको उपाधि
गोलनेपाल

काठमाडौं । प्रवासी नेपालीहरुबीच युएईमा सम्पन्न प्रथम जिसीडी दशैं कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खाज फुटबल क्लबले जितेको छ ।

फाइनलमा नखिल गुर्खाजले नव बुद्ध फुटबल क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको हो । विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद ५००० युएई दिराम हात पार्दा उपविजेता नव बुद्धले ३००० युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सुदिल राई फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । सर्वाधिक गोलकर्ता लक्ष्मण केसी बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी निर कुमार राई घोषित भए ।

 

Post Comments