News सलहेश सेमिफाइनलमा, चर्च ब्वाईज निराश
गोलनेपाल

लक्ष्मीमार्ग । सलहेश युवा क्लब, सिरहा यहाँ जारी स्व. एनबी रुङमाङ स्मृति आरजु राईस आठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा सलहेशले चर्च ब्वाईज युनाइटेड, ललितपुरलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।

सलहेशको जितमा आदित्य शाक्यले दुई गोल गर्दा थप एक गोल जय गुरुङको नाममा रह्यो । उता पराजित चर्च ब्वाईजका लागि भने आकाश राईले एक मात्र गोल फर्काएका थिए ।

खेलमा सलहेशका आदित्य शाक्य म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत असोज ३० गते बिहीबारको पहिलो सेमिफाइनल खेल एल.एक्स. सिटी क्लब, लक्ष्मीमार्ग, मोरङ र प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

एल.एक्स. सिटी फुटबल क्लब, बेलबारी, भोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक १ गतेका दिन हुनेछ ।

 

 

Post Comments