काठमाडौं । भारत र इरान विरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गर्दा केही अनुभवी र सिनियर खेलाडीहरु टोलीबाट बाहिरिएका छन् ।
मुख्य प्रशिक्षक नबिन न्यौपानेले नेपालीको फाइनल स्क्वाड घोषणा गर्दा अनिता केसी, अमृता जैसी, चन्द्रा भण्डारी र बिमला चौधरी जस्ता खेलाडीहरु टोलीबाट बाहिरिएका हुन् । अनुभवी डिफेन्डर गीता राना पनि टोलीमा छैनन् । तर, काँधको शल्यक्रिया गरेकी गीता भने चोटिल रहेकाले टोलीमा नपरेकी हुन् ।
साबित्रा भण्डारीको कप्तानीमा घोषित टोलीमा यसअघि चोटिल रहेका हिरा कुमारी भुजेल र दिपा शाहीले पूनःरागमन गर्दा राष्ट्रिय यु–२० महिला फुटबल टोलीका दुई सदस्यद्वय पुर्णिमा राई र मीना देउवाले पहिलोपटक सिनियर टिममा स्थान बनाउन सफल भएका छन् ।
स्मरण रहोस, नेपालले आउँदो अक्टोबर २४ तारीख (कार्तिक ७ गते) इरानसँग तथा अक्टोबर २७ तारीख (कार्तिक १० गते) घरेलु टोली भारतसँग शिलोङमा खेल्ने कार्यक्रम रहेको छ ।
यस्तो छ फाइनल स्क्वाडः
अन्जना राना मगर, अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमै, मिना देउवा, निशा थोकर, प्रिती राई, प्रतिक्षा चौधरी, पुजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, साबित्रा भण्डारी, सजनी थोकर, समिक्षा घिमिरे, सरस्वी हमाल, सरु लिम्बु, अनिता बस्नेत