खाम्लुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा जारी पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबलको तेस्रो दिन क्वाटरफाइनलका दुइ खेल सम्पन्न भएका छन ।
पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा आइतबार सम्पन्न पहिलो खेलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमलाई पेनाल्टि सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साथिभाइ सामाजिक युवा क्लब फुङलिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । खेलको प्लेर अफ दि म्याच साथिभाइका गोल रक्षक रोशन नेपाल घोषित भए ।
त्यस्तै आइतबार नै सम्पन्न दोस्रो खेल अर्थात क्वाटर फाइनलको तेस्रो खेलमा जिरिखिम्ति युथ क्लब तेह्रथुमले मेरिङदेन युवा क्लब ताप्लेजुङलाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
जिरिखिम्तिको जितका लागि मिसाहाङ लिम्बु र प्रकास लिम्बुले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच मिसाहाङ लिम्बु घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले एक एक हजार प्राप्त गरे ।
प्रतियोगिताको चौथो दिन क्वाटर फाइनलको अन्तिम खेल हुने खेल तालिका रहेको छ । जसमा दिनको २ः३० बजे नवज्योति युवा क्लब मेरिङदेन ताप्लेजुङ र गणेशचोक टिम पॅाचथर भिडनेछन ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई