काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो वरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकासँग लिखित स्पष्टीकरण मागेको छ। संघका पदाधिकारीमाथि निरन्तर आरोप, आक्षेप र संगठनविरुद्ध विभाजनकारी गतिविधि गरेको आरोपसहित खडकालाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको हो।
संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ र महासचिव किरण राई साउदी अरबमा एएफसीको कार्यक्रममा सहभागी भइरहेका बेला खडकाले संघको आधिकारिक लेटरहेड प्रयोग गरी महासचिव राईलाई स्पष्टिकरण सोधेको र उनलाई निलम्बन गरेको प्रचार गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष श्री वीर बहादुर खडकाले संगठनको मर्यादा र आचारसंहिता पालन नगरी अनधिकृत रूपमा पदाधिकारीहरूविरुद्ध आरोप–प्रत्यारोप गर्दै आएका छन्, जसले संघको प्रतिष्ठामा नकारात्मक असर पारेको छ।”
गत बर्ष सम्पन्न सहिद स्मारक सि डिभिजन लिग प्रतियोगिता २०८० का बिभिन्न खेलहरुमा मिलिमतो भएको भन्दै क्लबहरुप्रति तपाईले लगाएको गम्भिर आरोपबिरुद्ध सी भिजन क्लबहरुको उजुरी हाल पनि एन्फाको अनुशासन कमिटिमा बिचारधिन रहेको जानकारी गराउदै । पाच बुदामा प्रश्न सोधेको स्रोतले जानकारी दिएको छ ।
संघले सोधेको स्पष्टिकरणमा संघको छाप र लेटरहेडको दुरुपयोग कुन माध्यमबाट प्राप्त गर्नुभएको हो । दुरुपयोग को बिषयमा तपाईबिरुद्ध कानुनी उपचारमा जानु पर्ने की नपर्ने ? लगाएत छन ।
अनुशासन कारबाहीको चेतावनी
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान