ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा जारी पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा सोमबार सम्पन्न अन्तिम क्वाटर फाइनलमा गणेशचोक टिम पॅाचथरले नवज्योती युवा क्लब मेरिङदेनलाई २-० गोलले पराजित गरेसंगै अन्तिम चारको टुङगो लागेको हो ।
गणेशचोकको जितका लागि विश्व लिम्बु र समिर गुरूङले एक एक गोल गरे । खेलको प्लेर अफ दि म्याच गणेशचोकका विश्व लिम्बु घोषित हॅुदै एक हजार प्राप्त गरे।
प्रतियोगिताका दुबै सेमिफाइनल खेलहरू कार्तिक ११ गते मंगलबार हुने खेल तालिका रहेको छ । पहिलो सेमिफाइनल दिनको १२ः३० बजे जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसॅाघु ताप्लेजुङ र जिरिखिम्ति युथ क्लब तेह्रथुम बिच हुनेछ ।
दोस्रो सेमिफाइनलमा २ः३० बजे साथिभाइ सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङ र गणेश चोक याङवरक पॅाचथर प्रतिस्पर्धा गर्नेछन ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई