राजाबास । प्रतिस्पर्धात्मक खेलमा रोमाञ्चक जितका साथ सतिसाले भेट्रान्स, मोरङ यहाँ जारी प्रथम राजाबास भेट्रान कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा सतिसालेले रामधुनी भेट्रान्स, झुम्कालाई ७–५ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो ।
सतिसालेको जितमा बिनोद कुमार चौधरीले ह्याट्रिक गर्दा गणेश लिम्बु र जयप्रसाद राईले समान दुई–दुई गोल गरे । उता पराजित रामधुनीका लागि दिपेन राईले ह्याट्रिक गर्दा देउ बहादुर लिम्बु र पदम कार्कीले समान एक–एक गोल गरे ।
खेलमा सतिसालेका बिनोद कुमार चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत कार्तिक ११ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक राजाबास भेट्रान्स क्लब, राजाबास र ग्रामथान भेट्रान्स, मोरङबीच हुनेछ ।
राजाबास भेट्रान फुटबल क्लब, बराहक्षेत्र–९ राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १५ गतेका दिन हुनेछ ।
