News आयोजक शान्तिनगर सेमिफाइनलमा
गोलनेपाल

इटहरी । शान्तिनगर फुटबल क्लब सुनसरीमा जारी पाँचौं मनसुन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न क्वाटरफाइनलमा गोल्डेन स्टार फुटबल क्लबलाई ५–०को फराकिलो अन्तरले हराउँदै शान्तिनगर फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो।

शान्तिनगर फुटबल क्लबको तर्फबाट पहिलो गोल जोसन राईले गरेको थिए भने दोस्रो गोल जोहिन राईले गरेका थिए र त्यस्तै गरेर तीन गोल भने निष्कुमार श्रेष्ठले गर्दै ह्याट्रिक पूरा गरेका थिए । खेलको म्यान अफ द म्याच निस कुमार श्रेष्ठ घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज ३१ गते शनिबारको पहिलो सेमिफाइनल खेल तरहरा युनाइटेड र सिद्धार्थ युवा समाज बीच हुनेछ ।

शान्तिनगर फ्यान्स क्लबको आयोजना तथा शान्तिनगर फुटबल क्लब, सुनसरीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

Post Comments