News
रुपन्देहीमा बुद्ध कप खुला फुटसल हुँदै
मुर्गिया । दि बुद्ध, मुर्गिया, रुपन्देहीको आयोजनामा रुपन्देहीको सैनामैनामा यही कार्तिक २१ र २२ गतेका दिन प्रथम बुद्ध कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
सैनामैना–३, मुर्गिया स्थित कृपा फुटसल एण्ड फिटनेसमा हुने प्रतियोगिताको कार्तिक १९ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको छ भने प्रि–इन्ट्री शुल्क वापत २५०० बुझाउनु पर्ने पनि खेल संयोजक रेशम पुनले जानकारी दिए ।
शान्ति दिप युवा क्लब, सैनामैना, मुर्गियाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रेशम पुनले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको पुनले जानकारी दिए ।
Post Comments