आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- 5 छातेढुङ्गामा भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता साथै महेन्द्र कन्दङवा स्मृति रनिङ कप खुल्ला महिला फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई सेमिफाइनल सम्पन्न भएका छन।
महिला फुटबलतर्फ पहिलो सेमिफाइनल खेल म्याङलुङ स्पोर्टिङ तेह्रथुम र फिदिम महिला भेट्रान्सबिच प्रतिस्पर्धा हुदा म्याङलुङ दुई शुन्यको जित हात पार्दै उपाधी नजिक पुगेको हो। म्याङ्लुङलाई जित दिलाउन समिक्षा मगर र सुक्रिया मियाले समान एक एक गोल गरेका हुन।
महिलातर्फकै दोस्रो सेमिफाइनल खेल होटेल माउन्टेन भ्यु एन्ड लज आठराई संक्रान्तिबजार र घरेलु टोली पोखरी माध्यमिक विद्यालयबिच प्रतिस्पर्धा भएको थियो जसमा तिन शून्यको सानदार जित हात पार्दै होटेल माउन्टेन फाइनलमा प्रवेश गरेको छ । होटेल माउन्टेनलाई जित दिलाउनका लागि सुजता लिम्बुले दुई गोल गरिन भने एक गोल उपहार स्वरूप पोखरी माध्यमिक विद्यालयको तर्फबाट प्राप्त भएको थियो ।
पुरुषतर्फको पहिलो सेमिफाइनल खेल लाफा एफसी र फेदाप गाउँपालिका बीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल खेलकुद विकास समिति ईवा र आठराई गाउँपालिकाबिच हुने भएको छ। शुक्रबार स्थगित भएका पुरुष फुटबलतर्फका सेमिफाइनल खेल शनिबार हुने निश्चित भएका हुन।