News भानु भेट्रान्स फाइनलमा, उपाधिका लागि सतिसालेसँग भिड्ने
गोलनेपाल

राजाबास । प्रतिस्पर्धातमक जितका साथ भानु भेट्रान्स, सुनसरी यहाँ जारी प्रथम राजाबास भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ भानु भेट्रान्सले आयोजक राजाबास भेट्रान्स क्लब, सुनसरीलाई टाईब्रेकरमा हराउँदै फाइनल सथान सुरक्षित गर्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ भानु भेट्रान्सका लागि निर्मल तामाङले गोल गरेका थिए भने राजाबास भेट्रान्सका लागि लिला मगरले गोल गरेका थिए । टाईब्रेकरमा भने भानु भेट्रान्सले नतिजा ४–१ ले आफ्नो पक्षमा पार्यो ।

खेलमा भानु भेट्रान्सका गोलरक्षक जनक सुनुवार म्यान अफ दि म्याच बने । अब भानु भेट्रान्सले यही कार्तिक १५ गते शनिबार हुने फाइनलमा सतिसाले भेट्रान्स, मोरङसँग उपाधिका लागि भिडनेछ ।

राजाबास भेट्रान फुटबल क्लब, बराहक्षेत्र–९ राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

Post Comments