News
ईन्ट्रा पथरी ११ सेमिफाईनलमा प्रबेश
पथरी । मिक्चेन दाशको एक मात्र गोलको मदतले पथरी ११ `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को सेमिफाईनल प्रबेश गरेको छ । आज भएको दोस्रो खेल क्वाटर खेलमा ईन्ट्रा पथरी ११ फुटवल क्लव पथरी शनिश्चरेले १-० गोल अन्तरले ब्रिगेड ब्वाईज क्लव ललितपुरलाई पराजित गरेको हो ।
खेलको ४५ औं मिनेटमा सनम धिमालको क्रस पासमा शौर्य राउतको वान भर्सेस वान बललाई दाशले निर्णायक गोल गरेका हुन । पुर्वका कलेक्सन खेलाडी सहित पाहुना टोली ब्रिगेड ब्वाई विरुद्व पथरी ११ आफ्नो होम सेट मैदान उत्रिएको थियो ।
उत्कृष्ट खेल प्रदशन गरेका पथरी ११ का मिक्चेन दाश म्यान अफ दि म्याच घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलिको तेस्रो क्वाटर खेल संकटा फुटवल क्लव काठमाडौं र पाँचथर विच हुने छ ।
प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा सलहेस सिराहा, कञ्चनजंघा भारत सिलिगुडी, संकटा, पाँचथर, झापा, एन आर्टि, ब्रिगेट ब्वाईज र आयोजक ईन्ट्रा पथरी ११ प्रतिस्पर्दा गर्दैछन ।
Post Comments