News पाँचथरः चौथो सेन्छे्रङ्ला तङनाम–२०८२ मंसिर ११ गतेदेखि
गोलनेपाल

फिदिम । पाँचथरको फिदिम नगरपालिकामा आगामी मंसिर ११ गतेदेखि चौथो सेन्छे्रङ्ला तङनाम–२०८२ (मंसिरे मेला) पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

चोमेन युवा क्लब, फिदिम–१३, पाँचथरको आयोजना तथा युवा एकता समूह, न्यु गोल्डेन सोसाइटी र मुकुम्लुङ युवा समाज, फिदिम–१३, पाँचथरको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको मंसिर २ देखि १० गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ ।

फिदिम नगरपालिका–१३ स्थित सिद्धेश्वर माविको खेलमैदानमा हुने प्रतियोगिताको पुरुषतर्फ ५००० र महिलातर्फ १५०० टिमदर्ता शुल्क तोकिएको छ । साथै धरौटी रकम वापर्त पुरुषतर्फ १००० र महिलातर्फ ५०० रुपैयाँ नगद बुझाउनुपर्ने पनि आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १,०१००० हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्तेछ । त्यसैगरी महिलातर्फको विजेताले उपाधिसहित नगद २५००० हात पार्नेछ भने उपविजेताले १५००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नारायण नेम्वाङले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

 

Post Comments