News विशाल घलानको निर्णायक गोलमा पाँचथर विजयी
गोपाल काफ्ले

पथरी । संकटा क्लव काठमाडौंलाई हराउदै पाँचथर क्लव पाँचथर `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ दोस्रो चरणमा प्रबेश गरेको छ । आज भएको तेस्रो क्वाटर खेलमा संकटा क्लव काठमाडौंलाई ०-१ गोल अन्तरले हराउदै पाँचथरले सेमिफाईनलको यात्रा तय गरेको हो ।

गोल गर्न नसक्दा गत बर्षको उपविजेता टोली संकटा काठमाडौं पहिलो खेलबाटै बाहिरिएको छ । पाँचथरले खेल अवधिभर अन्य सुनौलो मैका पाए पनि गोल गर्न भने सकेन ।निकै प्रतिस्पर्दात्मक खेलमा खेलाडी बिचको झगडाले केहि समय खेल अवरुद्व भएको थियो । खेलमा दुबै टिमका ४/४ खेलाडीले पहेलो कार्ड पाए । पाँचथरका निरज कार्की, मौसम सुब्बा, आशिश चापागाई र दिनेश हेमजनले पहेलो कार्ड पाउदा संकटाका विदेशी खेलाडी मल्लिक, निङ्मा घिसिङ, सुजन चापागाई, सुजन मगरले पहेलो कार्ड पाएका छन ।

पाँचथरका लागि एकमात्र निर्णायक गोल खेल सुरु भएको दुई मिनेटमा विशाल घलानले गरे । घलानले क्याप्टेन रोशन आङ्म्वेको पासमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पाँचथरका विषाल घलान घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलीको खेल न्यु रोड टिम एन आर टि र झापा ११ विच हुनेछ ।

प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

Post Comments