News युएईः अबुधाबी फूलबारी एफसीलाई उपाधि
गोलनेपाल

काठमाडौं । यु ए ई को सारजह मा नवेम्बर १ तारिक लालीगुराँस एफसीद्धारा आयोजित लालीगुराँस तिहार भेट्रान्स कपको उपाधि अबुधाबी फूलबारी एफसीले जित्न सफल भएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अबुधाबी फूलबारी एफ सी का जीवन राईले उत्कृष्ट खेलाडीको उपाधि हासिल गर्दा, सुरेश चौधरीले उत्कृष्ट गोल रक्षक, राजु तामाङले उत्कृष्ट डिफेन्स र सरोज उप्रेतीले उत्कृष्ट टोली प्रबन्धकको उपाधि हासिल गर्न सफल रहनु भयो। सर्वाधिक गोल स्कोरर लमजुङ एफ सी कृष्ण अधिकारी हुन् सफल हुनु भयो। रुपन्देही ११ ले फेयर प्लेको उपाधि चुम्न भयो।

Post Comments