News संकटाबाट फ्रेण्डसमा आवद्ध भए मिडफिल्डर अधिकारी
गोलनेपाल

संकटा क्लबका मिडफिल्डर विश्व अधिकारी पाटने क्लब फ्रेण्डस क्लबमा आवद्ध भएका छन् । अधिकारीले क्लबको कार्यालय कुपण्डोलमा फ्रेण्डससँग नयाँ सम्झौतामा हस्ताक्षर गरे ।

यस सिजन खेलाडी अनुबन्धमा सक्रिय देखिएको फ्रेण्डसले हालै तीन ब्राजिलियन खेलाडीहरुलाई अनुबन्ध गरेको थियो । साथै गोलनेपालका अनुसार क्लबले ब्राजिलियन प्रशिक्षकलाई पनि नियुक्ति प्रक्रियामा रहेको बताइएको छ ।

क्लब अध्यक्ष राजिव पौडेलले यस बर्ष हुन गईरहेको ए डिभिजन लिगमा आफ्नो क्लबलाई जति सक्दो राम्रो सेटमा मिलाएर लिगका लागि तयारी पार्ने योजनामा रहेको बताए ।

स्मरणीय छ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी महिनादेखि शहिद स्मार ए डिभिजन लिगको आयोजना गर्दैछ । जसमा काठमाडौंका १४ ए डिभिजन क्लबहरुले सहभागिता जनाउँदैछन् ।

Post Comments
Advertisement Yamaha Nepal