News कतारका प्रतिनिधीहरुद्वारा रंगशालाको अवलोकन
गोलनेपाल

कतार फन्ड फर डेभलोप्मेन्टका प्रतिनिधिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको बुधबार अवलोकन गरेका छन् ।

डेभलोप्मेन्टका प्रतिनिधिहरु समेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको उपस्थितिमा दशरथ रंगशालाको अवलोकन गरेका हुन् ।

त्यसअघि सदस्य–सचिव सिलवाल र डेभलोप्मेन्टका प्रतिनिधिबीच युथ एन्ड स्पोर्ट्समा लगानी गर्ने विषयमा छलफल भएको थियो ।

Post Comments