News आइ लिग क्लबमा आवद्ध हुँदै प्रकाश बुढाथोकी
गोलनेपाल

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी भारतको चर्चित आइ लिग खेल्ने मणिपुरे क्ल्ब नेरोकामा आवद्ध हुने पक्का भएको छ ।

फोनवार्तामा बुढाथोकीले पनि नेरोकामा आवद्ध हुन लागेको कुरा पुष्टी गरेका छन् । साथै उनले क्लबमा आवद्ध हुन कैै लागि सोमबार कोलकातातर्फ प्रस्थान गर्न लागेको समेत बताए ।

बुढाथोकीका अनुसार उनले क्लबसँग जारी सिजन २०२०–२१ का लागि सम्झौता गर्ने बताइएको छ । यसबारे हामीले नेरोकासँग म्यासेजबाट सम्पर्क गर्न खोज्दा जवाफ आएन ।

जारी आइ लिगमा नेरोका हाल ४ खेलबाट ४ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ । शिर्ष स्थानमा भने ५ खेलबाट ११ अंक जोडेको चर्चिल ब्रदर्श रहेको छ ।

नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ पनि आइ लिगमा राउण्डग्लास पञ्जाब फुटबल क्लबबाट व्यवसायीक फुटबल खेलिरहेका छन् ।

प्रकाशको भारत विरुद्धको त्यो फ्रिकिक गोल

स्मरण रहोस, प्रकाश बुढाथोकी भारत विरुद्ध उनले गरेको सुन्दर फ्रिकिक गोलका लागि पनि चिनिन्छन् । सन् २०१६ को फेब्रुअरी १५ तारीखका दिन गुवाहाटीमा भएको १२औं सागतर्फ पुरुष फुटबलको फाइनलमा प्रकाशले भारत विरुद्ध आकर्षक फ्रिकिक गोल गरेका थिए ।

सो खेलमा नेपाल २–१ ले बिजयी बन्दै ऐतिहासिक स्वर्ण जित्न सफल भएको थियो । त्यो जितमा नेपालका लागि अर्को गोल नवयुग श्रेष्ठले गरेका थिए । श्रेष्ठको त्यो गोलले पनि त्यतिबेला निकै चर्चा पाएको थियो ।

Post Comments