काठमाडौं । राष्ट्रिय महिला लिगतर्फ उपाधिको बलियो दावेदार तथा लिगलिडर नेपाल एपिएफ क्लबले सोमबार गोलको बर्षा गर्दै फराकिलो जित हात पारेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि २२–० को फराकिलो जित दर्ता गर्यो ।
एपिएफको जितमा सोमबार एकै खेलाडीको ट्रिपल ह्याट्रिक सहित तीन ह्याट्रिक बने । विभागीय टोलीका लागि स्टार फरवार्ड साबित्रा भण्डारीले १२ गोल गर्दै ट्रिपल ह्याट्रिक गरिन् । त्यस्तै अनु लामाले पनि ह्याट्रिक सहित पाँच गोल गरिन् भने अनिता बस्नेतले पनि थप तीन गोल सहित ह्याट्रिक गरिन् ।
त्यस्तै एपिएफको जितमा सरु लिम्बु र रेनुका नगरकोटीको नाममा एक–एक गोल रह्यो । प्लेयर अफ द म्याच ट्रिपल ह्याट्रिक गरेकी साबित्रा भण्डारी नै घोषित भईन् । यो जितसँगै ६ खेलबाट ६ जित निकालेको एपिएफ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता एक खेल कम खेलेको चौदण्डीगढी भने अंकविहीन रुपमा पुछारमा छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि