काठमाडौं । यही नोभेम्बर महिनामा हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनौटतर्फ मलेसिया विरुद्ध खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
शनिबार अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टोलीमा अधिकांश पुरानै अनुहार सामेल छन् । टोलीको कप्तानी पनि गोलरक्षक किरन चेम्जोङलाई नै दिइएको छ ।
स्मरण रहोस, नेपालले यही नोभेम्बर १३ तारीखका दिन बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ भने नोभेम्बर १८ तारीखका दिन एएफसी एसियन कप छनौटतर्फ मलेसियासँग खेल्ने कार्यक्रम रहेको छ ।
यस्तो छ फाइनल स्क्वाडः
किरन चेम्जोङ, बिशाल सुनार, दिप कार्की, अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, कुशल देउवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिष श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)