News
मकाउः जेएन एफसीलाई दोस्रो गुर्खाज कपको उपाधि
काठमाडौं । गुर्खाज फुटबल क्लब, मकाउको आयोजनामा सम्पन्न दोस्रो गुर्खाज कप फुटबल प्रतियोगिताको उपाधि जेएन फुटबल क्लब, हङकङले जितेको छ ।
फाइनलमा जेएनले सेक्युरिटाज एफसी ब्लुलाई टाईब्रेकरमा ३–१ ले हराउँदै प्रतियोगिताको दोस्रो संस्करणको विजेता बन्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
विजेता बनेको जेएन एफसीले उपाधिसहित नगद १० हजार मोप हात पार्यो भने उपविजेता सेक्युरिटाजले ६ हजार मोपसहित ट्रफी, मेडलमा चित्त बुझायो । जोनाथन लिम्बु प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बन्दा ऋषिहाङ लिम्बुले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।
प्रतियोगितामा मकाउ र हङकङमा रहेका प्रवासी नेपालीहरु सम्मिलित कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments