News
अन्तर्राष्ट्रिय खेलाडी सरु लिम्बूलाई इजम समाजको नगदसहित सम्मान
झापा । अन्तर्राष्ट्रिय महिला खेलाडी सरु लिम्बूलाई इजम (लिम्बू) समाज दूधे (झापा)ले नगदसहित सम्मान गरेको छ ।
शिवसताक्षी नगरपालिका ११ स्थित दूधेमा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलको खेल समाप्तिसँगै इजम समाजले मोरङ निवासी सरु लिम्बूलाई नगद ५१ हजारसहित सम्मान पत्र प्रदान गरेको हो ।
इजम लिम्बूको छोरीले फुटबल खेलको क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै समाजले नगदसहित सम्मान गरेको जनाइएको छ । सम्मानपत्रमा फुटबल क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि फुटबलर सरुको योगदान रहोस् भन्ने कामनासहित शुभेच्छा प्रकट गरिएको छ ।
सरु अहिले सशस्त्र प्रहरीको एपिएफ एफसीबाट फुटबल खेलिरहेकी छन् । उनको क्लब झापामा जारी महिला गोल्डकपमा फाइनल प्रवेश गरेको छ । एक दशक लामो समयदेखि फुटबल क्षेत्रबाट नेपालको प्रतिनिधित्व गरिरहेकी छन् ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा