News खदाम एफसीलाई प्रथम आहाले कपको उपाधि
गोलनेपाल

केराबारी । प्र्रतिस्पर्धात्मक जितका साथ शनिबार सम्पन्न प्रथम आहाले कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खदाम फुटबल क्लबले जितेको छ ।

केराबारी–६ स्थित फदानी खेलमैदानमा भएको फाइनलमा खदामले युनाइटेड आहाले युवा क्लबलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको खदामले उपाधिसहित नगद ६५५५५ रुपैयाँ हात पार्यो भने उपविजेता युनाटेड आहालेले नगद ३५५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

खदामका उमेश राई फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोलरक्षक युनाइटेड आहालेका रोशन कार्की बन्दा उत्कृष्ट डिफेन्डर युनाइटेड आहाले कै सुमन मगर बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर खदामका धिरेन लिम्बु चुनिए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार भने युनाइटेड आहालेका भुवन बस्नेत र खदामका सन्तोष न्यौपानेले संयुक्त रुपमा हात पारे । त्यसैगरी उदीयमान खेलाडी युनाइटेड आहालेका १५ वर्षिय युकेश मगर बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी युनाइटेड आहालेका सङ्गीत तामाङ घोषित भए ।

 

Post Comments