काठमाडौं । बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच र एएफसी एसियन कप छनौटतर्फ मलेसिया विरुद्ध खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई गरिएको छ ।
सोमबार एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच प्रमुख अतिथी समेत रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, प्रवत्तःा सुरेश साह लगायतले टोलीको विदाई गरेका थिए ।
स्मरण रहोस, नेपालले यही नोभेम्बर १३ तारीखका दिन बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ भने नोभेम्बर १८ तारीखका दिन एएफसी एसियन कप छनौटतर्फ मलेसियासँग खेल्ने कार्यक्रम रहेको छ ।
यस्तो छ फाइनल स्क्वाडः
किरन चेम्जोङ, बिशाल सुनार, दिप कार्की, अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, कुशल देउवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिष श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ