News डाँगीहाट चौथो कार्तिकेय कुमार गोल्डकपको फाइनलमा
गोलनेपाल

कर्जन्हा । डाँगीहाट फुटबल क्लब, मोरङ यहाँ जारी चौथो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा डाँगीहाटले बन्दीपुर युथ क्लब, सिराहालाई टाईब्रेकरमा हराउँदै फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा डाँगीहाट ४–३ ले विजयी बन्यो ।

खेलमा डाँगीहाटका कोमल खवास म्यान अफ दि म्याच घोषित भए । डाँगीहाटले अब यही कार्तिक २६ गते हुने फाइनलमा बिराटनगर सिटी फुटबल क्लब, मोरङसँग उपाधिका लागि भिड्नेछ ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना र बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments