काठमाडौँ । उपाधि रक्षा अभियानमा रहेको वडा नं १६ ले प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । लैनचौर फुटसल मैदानमा सोमबार वडा १६ ले वडा २ लाई ५–१ ले हरायो ।
वडा १६का लागि प्रिन्स महर्जनले दुई तथा विक्रम श्रेष्ठले एक गोल गरे । ब्योग रजक र सरोज रजकले आप्mनै गोलपोस्टमा बल छिराएपछि वडा १६ ले आत्मघातीस्वरुप दुई गोल उपहार पाएको थियो । वडा २ का लागि बुजल रजकले एक गोल फर्काए । सो खेलमा प्रिन्स म्यान अफ दि म्याच चुनिए ।
अन्य खेलमा वडा २८, वडा २६ र वडा ११ ले जित हात पारे । यी तीनै खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो । वडा २८ ले वडा २१ लाई टाइब्रेकरमा ५–४ ले हरायो । निर्धारीत समयको खेल १–१ ले सकिएको थियो । वडा २१ का लागि रोनस महजृन र वडा २८ का लागि उदेश खड्गीले गोल गरेका थिए । सो खेलमा वडा २८ का सिरिस वज्राचार्य म्यान अफ दि म्याच बने ।
वडा २६ ले वडा ३१ लाई टाइब्रेकरमा ६–५ ले निराश बनायो । निर्धारति समयमा दुवै टिमले २–२ गोल गरेका थिए । वडा २६ का लागि म्यान अफ दि म्याच अमूल दुवै गोल गरे भने वडा ३१ का लागि दिपक लामा र दिपेन्द्रसिंह ठकुरीले गोल गरेका थिए ।
यसैगरी वडा ११ ले वडा १५ लार्इी पेनाल्टी सुटआउटमा ६–५ ले नै हरायो । वडा ११ का शंकरध्वज र वडा १५ का सञ्जीव श्रेष्ठको गोलबाट निर्धारीत समयको खेल १–१ ले बराबरीमा टुङिगएको थियो । सो खेलमा विजयी टिमका शंकरध्वजले म्यान अफ दि म्याचको पुरस्कार पाए ।