News एन्फा प्रेसिडेन्ट लिगः नव जन जागृती र काक्रेविहारको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुरको हेटौंडा स्थित गौरीटार रंगशालामा सोमबार भएको खेलमा नव जन जागृती युवा क्लबले उदयपुरको गाईघाट एफसीलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गर्यो । नव जन जागृतीका रुजन न्यौपानेले ५७औँ र विकास दर्लामीले ६२औँ मिनेटमा गोल गरे । प्लेयर अफ दि म्याच अविनाष स्याङ्तन घोषित भए।

त्यस्तै दोस्रो खेलमा सुर्खेतको काक्रेविहार युथ क्लबले दोलखाको टाइगर्स टिमलाई १–० ले हराउँदै लिगमा आफ्नो दोस्रो जित सुनिश्चित गर्यो। रोमन भुजेलले ६३औँ मिनेटमा निर्णायक गोल गरे । काक्रेविहारका अमित लामा प्लेयर अफ दि म्याच घोषित भए ।

Post Comments