News सहज जितका साथ आर्मी दोस्रो स्थानमा उक्लियो
गोलनेपाल

काठमाडौं । महिला लिगमा अर्को विभागीय टोली त्रिुभवन आर्मी क्लबले पनि सोमबार सहज जित दर्ता गर्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लियो । एन्फा कम्प्लेक्स मै भएको खेलमा आर्मीले बिराटनगर महानगरपालिका, मोरङमाथि ७–० को जित हात पार्यो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । त्यस्तै बिमला चौधरीले दुई गोल गरिन् भने रश्मी घिसिङ र बिमला बिकको नाममा एक–एक गोल रह्यो । प्लेयर अफ द म्याच आर्मीकी ह्याट्रिककर्ता शर्मिला थापा घोषित भईन् ।

यो जितसँगै ५ खेलबाट १० अंक जोडेको आर्मी लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र एक खेल बढी खेलेको एपिएफ भन्दा ८ अंकले पछाडी छ । उता पराजित बिराटनगर भने ५ खेलबाट ७ अंकका साथ चौथो स्थानमा छ ।

Post Comments