सुपौली । सुनवल फुटबल क्लब, सुनवल, नवलपरासी रुपन्देहीमा जारी स्व. लाल बहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो प्रिक्वाटरफाइनलतर्फ सुनवलले बलियो प्रतिद्वन्द्वी फर्साटिकर युवा क्लब, फर्साटिकरलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा सुनवलका लागि तनिष गुरुङ र निराजन खत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच भने सुनवल कै विज्ञान गुरुङ घोषित भए ।
प्रतियोगिता अन्तर्गत कार्तिक २७ गते बिहीबारको तेस्रो प्रिक्वाटरफाइनल खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र न्यु युथ युनियन क्लब, पाल्पाबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।