News उदयपुरमा तेस्रो वडा अध्यक्ष गोल्डकप मंसिर ११ गतेदेखि (खेलतालिकासहित)
गोलनेपाल

बोक्से । वडा युवा तथा खेलकुद विकास समिति, त्रियुगा नगरपालिका–१०, बोक्से, उदयपुरको आयोजनामा आउँदो मंसिर ११ देखि २० गतेसम्म तेस्रो वडा अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

त्रियुगा नगरपालिका–१०, बोक्से स्थित गंगा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा इलेभन स्टार एफसी र कोशी प्रदेश प्रहरी, रानी, बिराटनगरबीच हुनेछ । प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् ।

फ्युजन फुटब क्लब, उदयपुरको समन्वयमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments