News पाँचौं सिरिजङ्गा गोल्डकप खेल्ने आठ टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

फुङलिङ । तेल्लोक स्र्पोटिङ क्लब, सिरिजङ्गा–४, ताप्लेजुङको आयोजनामा यही मंसिर २३ गतेदेखि शुरु हुने पाँचौं सिरिजङगा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहभागिता जनाउने आठ टोलीहरुको टुंगो लागेको छ ।

आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी सहभागि क्लबसँगै प्रतियोगिताबारे विस्तृत रुपमा जानकारी गराएको हो । प्रतियोगितामा आयोजक तेल्लोक स्र्पोटिङ क्लब, ताप्लेजुङसँगै न्यु स्टार एफसी (झापा), पारिजात संघ एफसी (भारत), रेडहर्ष एफसी (इलाम), वाईवाई पाँचथर एफसी (पाँचथर), साँगुरीगढी एफसी (धनकुटा), मरिक एफसी (धरान) र म्याङलुङ स्र्पोटिङ क्लब (तेह्रथुम) सहभागि हुने आयोजकले जानकारी दियो ।

तेल्लोक माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३२१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ३२१ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । त्यसवाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

सोही अवसरमा स्थानीय कला, संस्कृति र साँस्कृतिक कार्यक्रमको आयोजनासहित राष्ट्रिय कलाकारहरुको साथमा सिरिजङमा मेलाको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।

तस्विरः उज्यालो पोष्ट

Post Comments