News इलामः दोस्रो गरुवा कप मंसिर तेस्रो सातादेखि
गोलनेपाल

माई । नमुना युवा समुह, माई नगरपालिका ४, इलामको आयोजनामा यही मंसिर २१ गतेदेखि दोस्रो गरुवा कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबारे खेलमैदानमा हुने प्रतियोगिताको मंसिर १० गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५,५५५ रुपैयाँ तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9807933513 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

Post Comments