बेनी । लायन्स क्लब अफ बेनी, लभ्ली हिल, म्याग्दीको आयोजनामा यही मंसिर १८ देखि २० गतेसम्म दोस्रो लायन्स छात्रा फुटबल कप अन्तरविद्यालय म्याग्दी जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिता हुने भएको छ ।
बेनीबजार स्थित बेनी खुला मञ्च मैदानमा हुने प्रतियोगिताको मंसिर १६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० र धरौटी वापत ५०० तोकिएको छ ।
द रियल म्याग्दी (अष्ट्रेलिया) को विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
जिल्ला खेलकुद विकास समिति, म्याग्दी, लियो क्लब अफ बेनी, लभ्ली हिल, म्याग्दी र जिल्ला फुटबल संघ, म्याग्दीको सह–आयोजनासँगै प्राविधिक सहयोग रहने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।