News कपिलवस्तु–११ चौथो समपुर्ण कपको सेमिफाइनलमा
सुरज राना मगर

सुपौली । कपिलवस्तु–११, कपिलवस्तु, रुपन्देहीमा जारी स्व. लालबहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ कपिलवस्तुले न्यु युथ युनियन क्लब, तानसेन, पाल्पालाई ३–१ को अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

तिलोत्तमा–१४ स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि आयुष राना, आशिष महरा र सुन्दर पल्लीले गोल गरे । उता पराजित न्यु युनियनका लागि भने सन्तोष कार्कीले एक मात्र गोल गरेका थिए ।

खेलमा कपिलवस्तुका कप्तान निम बुद्ध थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर २ गे मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल साविक विजेता सिम्रिक युवा क्लब, बुटवल र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने प्रचार प्रसार संयोजक रवी अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।

 

Post Comments