News अमेरिकाः बाल्टीमोर एथलेटिकलाई उपाधि
गोलनेपाल

काठमाडौं । अमेरिकामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित डिएमभी नेप्लिज मिलिटरी भेट्रान्स क्लबको आयोजनामा सम्पन्न तेस्रो भेट्रान कपको खुलातर्फको उपाधि बाल्टीमोर एथलेटिक क्लब, मेरील्याण्डले जितेको छ ।

फाइनलमा बाल्टीमोरले झापा–११ फुटबल क्लब, टेक्सासलाई हराउँदै उपाधि उचाल्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा बाल्टीमोर ८–७ ले विजयी बन्यो ।

विजेता बनेको बाल्टीमोरले उपाधिसहित नगद १० हजार अमेरिकी डलर हात पार्दा उपविजेता झापा–११ ले ५ हजार डलरसहित ट्रफी, मेडल हात पार्यो ।

त्यस्तै ३५ वर्ष माथिको भेट्रानतर्फ हेरिसबर्ग भेट्रान्स फुटबल क्लब, पेन्सिलभेनियाले उपाधि जित्यो । फाइनलमा हेरिसबर्गले नोभा रोयल्स एथलेटिक क्लब, भर्जिनियालाई ५–२ ले हराउँदै उपाधि जितेको हो ।

विजेता बनेको हेरिसबर्ग भेट्रान्सले उपाधिसहित नगद ५ हजार अमेरिकी डलर हात पार्दा उपविजेता नोभा रोयल्सले २ हजार अमेरिकी डलरसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

दुई दिने प्रतियोगिताको खुलातर्फ १४ टोली र भेट्रान्सतर्फ कुल ८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

 

 

Post Comments