News
शहिद स्मारक सी डिभिजन लिग छनौट शुरु, नेपालगञ्ज–११ को विजयी शुरुवात
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बिहीबारदेखि शहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिता शुरु भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालगञ्ज–११ ले पाथीभरा फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात समेत गर्यो ।
खेलको ५६औं मिनटमा प्रशान्त प्रधानको गोलबाट पाथीभराले खेलमा अग्रता लिए पनि त्यो अग्रता जोगाउन सकेन । खेलको इन्जुरी समयमा सुरेश खत्री र मदन स्याङतनले गोल गर्दै नेपालगञ्ज–११ को रोमाञ्चक जित पक्का गरे ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले गरेका थिए । सो अवसरमा एन्फा महासचिव किरन राई लगायतको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)