सुपौली । प्रभावशाली जित निकाल्दै साविक विजेता सिम्रिक युवा क्लब, बुटवल रुपन्देहीमा जारी स्व. लालबहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिम्रिकले सुनवल फुटबल क्लब, सुनवल (नवलपरासी) लाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा सिम्रिकका लागि सुरज चौधरीले दुई गोल गर्दा थप एक गोल मिलन आलेले गरे । उता पराजित सुनवलका लागि टिकाराज गुरुङले एक मात्र गोल फर्काएका थिए ।
खेलमा दुई गोल गरेका सिम्रिकका सुरज चौधरी म्यान अफ दि म्याच घोषित भए । सिम्रिकले अब यही मंसिर ६ गते शनिबार हुने फाइनलमा झरना स्पोर्टस क्लब, कुञ्जलापुरसँग उपाधिका लागि भिड्नेछ ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।