मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला ४ सॉवा तेम्बामा जारी फङफङदेन झरना पर्यटन तथा सॉस्कृतिक मेला २०८२ आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
मंगलबार सम्पन्न अन्तिम दुई क्वाचरफाइनलमा गणेशचोक टिम पॅाचथर र रेड डेभिल्स इलामले जित दर्ता गरे संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।
तेस्रो क्वाटरफाइनलमा गणेशचोक टिम पॅाचथरले फेदाप गाउॅपालिका तेह्रथुमलाई ४-२ गोलले पराजित गर्यो भने अन्तिम क्वाटर फाइनलमा रेड डेभिल्स इलामले मानाभरा स्पोर्टिङ क्लब खेजिनिम ताप्लेजुङलाई ५-१ गोलले पराजित गर्यो ।
बुधबार प्रतियोगिताका दुवै सेमिफाइनल खेलहरू सन्चालन हुने खेल तालिका रहेको छ । पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन ग्रीन भ्याल्ली युथ क्लब मेरिङदेन नाल्बुले गणेशचोक टिम पॅाचथरसंग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै दोस्रो सेमिफाइनलमा हिमाली तोक्मेगोला पापुङले रेड डेभिल्स क्लब इलामको सामना गर्नेछ ।
खेलकुदको माध्ययमबाट स्थानीय उत्पादन तथा पर्यटन पर्वद्धन गर्ने मुख्य उद्येस्यका साथ आयोजना गरिएको मेला मंसिर ११ गते सम्म सन्चालन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई