News चौथो ल्होछार कप माघ पहिलो सातादेखि
गोलनेपाल

निजगढ । योङ स्टार युनाइटेड क्लब, निजगढ, बाराको आयोजनामा आगामी माघ ७ गतेदेखि चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

निजगढ–१० स्थित बुद्ध खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै पुष २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १०००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीहरुलाई जनही ५–५ हजार र ट्रफी प्रदान गरिनेछ । त्यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार र ट्रफी प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9867053267, 9860223846 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

 

Post Comments