News
सातौं डिआइजिपी कोशी प्रदेश स्तरीय अन्तर विद्यालय रनिङ शिल्ड पुष ९ गतेदेखि
धरान । नेपाल पुलिस स्कुल, धरान–१३, सुनसरीको आयोजनामा आउँदो पुष ९ गतेदेखि सातौं डिआइजिपी कोशी प्रदेश स्तरीय अन्तर विद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
प्रतियोगिताको आवश्यक तयारी शुरुसँगै आगामी पुष ४ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै सहभागिता जनाउन चाहने इच्छुक विद्यालयहरुका लागि टिमदर्ता शुल्क ८००० समेत तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८१ हजार हात पार्नेछ भने उपविजेताले ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments