News फङफङदेन झरना अलैची कपको उपाधि गणेशचोक पॅाचथरलाई
गोलनेपाल

मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला ४ सॉवा तेम्बामा समपन्न फङफङदेन झरना पर्यटन तथा सॉस्कृतिक मेला २०८२ आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको उपाधि गणेश चोक टिम पॅाचथरले हात पारेको छ।

बिहीबार सम्पन्न फाइनलमा हिमाली तोक्पेगोला पापुङ ताप्लेजुङगाई शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै गणेशचोक टिम पॅाचथरले उपाधि जितेको हो ।

पॅाचथरको जितका लागि निरोज लिङदेनले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच पॅाचथरका निरोज लिङदेन घोषित हॅुदै तीन हजार बराबरको एक केजी अलैची प्राप्त गरे।

उपाधिसंगै पॅाचथरले ३ लाख २०८२ रूपैया बराबरको अलैचीका साथ ट्रफि प्राप्त गर्यो भने उपविजेता बनेको हिमाली तोक्पेगोलाले १ लाख ५२ हजार ८२ रूपैया बराबरको अलैचीका साथ ट्रफिमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्डर पॅाचथरका सौगात लिम्बु,उत्कृष्ट गोल रक्षक पॅाचथरकै असन लिम्बु,हाइ स्कोरर पॅाचथरका निरोज लिङदेन र ताप्लेजुङका सौर्य राहुत र उत्कृष्ट खेलाडीमा ताप्लेजुङका पवन लिम्बु घोषित भए । उत्कृष्ट सबाले जनही पॅाच हजार बराबरको अलैचीका साथ ट्रफि मेडल र प्रमाण पत्र हात पारे । 

Post Comments