News अन्तिम खेलमा अफगानिस्तानसँग पनि हार्यो नेपाल
गोलनेपाल

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौटतर्फ समूह चरणको अन्तिम खेलमा पनि नेपालले हार बेहोरेको छ । योसँगै समूह जी मा रहेको नेपालले एउटै खेल नजिती छनौट प्रतियोगिताको समापन गरेको छ ।

शुक्रबार प्रतिष्ठाको भिडन्तका रुपमा रहेको नेपाल र अफगानिस्तान बीचको खेलमा नेपालले अफगानिस्तानलाई २–० ले नतिजा सुम्पियो । छनौट प्रतियोगितामा लगातार दुई हार बेहोरेको अफगानिस्तानको यो पहिलो जित थियो । समूह चरणबाट बाहिरिसकेको अफगानिस्तानले आफ्नो अन्तिम खेल ३० नोभेम्बरका दिन ओमानसँग खेल्नेछ ।

उता नेपालले खेलेको आफ्नो चारै खेलमा हार बेहोर्यो । स्मरण रहोस, नेपालले पहिलो खेलमा सिरियासँग ४–२ ले पराजय बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक म्यानमारसँग ४–० र तेस्रो खेलमा ओमानसँग ५–० को हार बेहोरेको थियो ।

 

Post Comments