News चौथो रतुवामाई मेयर कपः वार्ड नम्बर ३, ५ र १ को जित
गोलनेपाल

रतुवामाई । यहाँ जारी चौथो रतुवामाई मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न तीन खेलहरुमा वार्ड नम्बर ३, वार्ड नम्बर ५ र वार्ड नम्बर १ ले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर २ लाई २–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । अर्को खेलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर ७ लाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

त्यसैगरी दिनको तेस्रो तथा अन्तिम खेलमा वार्ड नम्बर १ ले वार्ड नम्बर ४ लाई हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा वार्ड नम्बर १ ५–४ ले विजयी बन्यो । जित हात पारेको वार्ड नम्बर १ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ किलो चाँदी र १ तोला सुनले बनेको आकर्षक ट्रफीसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल मंसिर १७ गतेका दिन हुनेछ ।

 

Post Comments