News
घरेलु चन्द्रगढी युवा क्लब सेमिफाइनलमा प्रवेश
भद्रपुर । घरेलु चन्द्रगढी युवा क्लब यहाँ जारी स्व. आलोक भण्डारी र संजिग गिरी स्मृति चन्द्रगढी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार सम्पन्न खेलमा चन्द्रगढीले भारतको ब्राइट स्पोर्टिङ क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
घरेलु टोलीका रोमन भुजेलले हानेको शानदार फ्री–किक गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो। उत्कृष्ट प्रदर्शनका आधारमा भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा आठ टोलीको सहभागिता छ। यही आउँदो मंसिर २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार प्राप्त गर्नेछ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा