News दार्जिलिङको ब्रदर्स युनाइटेड सेमिफाइनलमा प्रवेश
गोलनेपाल

झापा – मेचीनगर–१५ मा जारी पहिलो त्रिवेणी च्यालेन्ज कप फुटबल प्रतियोगितामा दार्जिलिङको ब्रदर्स युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न खेलमा ब्रदर्स युनाइटेडले इलामको रेड हर्स एफसीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

ब्रदर्सका सिद्धान्त छेत्री र पंकज थापाले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका आधारमा पंकज थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार प्राप्त गरे।

आगामी सोमबार हुने पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणी युवा क्लबले सैनिक युथ क्लबसँग भिड्ने छ। त्रिवेणी युवा क्लबको आयोजनामा चलिरहेको प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्नेछ।

Post Comments