News
हाम्रो राजारानी भेट्रान र मर्निङ भेट्रान सेमिफाइनलमा
राजारानी । तेस्रो स्व ज्ञान बहादुर तथा बुद्धिमाया स्मृति हाम्रो राजारानि भेट्रान फुटबल प्रतियोगिता को आज भएको उद्घाटन खेलमा हाम्रो राजारानि भेट्रानले बिराट भेट्रानलाइ ५:० को जित निकाल्दै सेमिफाइनल प्रबेस गर्यो । राजारानीको लागि योगेन्द्र लिम्बुले २ गोल छबिन्द्र लिम्बु, मित्र बस्नेत र बिसाल राइले सम्मान एक-एक गोल गरे ।
आजै भएको दोस्रो खेलमा हाम्रो इटहरी भेट्रानलाइ ४:२ ले हराउदै मर्निङ भेट्रान सेमिफाइनलमा प्रबेस गरेको छ । मर्निङ भेट्रानको लागि बिकण श्रेष्ठको २ गोल कोमल खवास र शेर थापाले सम्मान एक एक गोल गरे उता प्रराजित टोलिको लागि पदम राइ र डेनि राइले गोल गरेका थिए ।खेलको player of the match बिकण श्रेष्ठ भएका थिए ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा