News
फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा
ताप्लेजुङ । फुङलिङ नगरपालिका यहाँ जारी कन्चनजंघा सेसेलुङ महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय भानुजन माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा मैवाखोला गाउँपालिकालाई २-० गोलले पराजित गर्दै फुङलिङ नगरपालिका उपाधि नजिक पुगेको हो ।
फुङलिङ नगरपालिकाका लागि दुवै गोल समिक्षा मगरले गरेकी हुन् । मनिता तुम्रोकको स्थानमा परिवर्तित खेलाडी समिक्षाले खेलको ५२औँ र ८३औँ मिनेटमा गोल गरेकी हुन् ।
उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजारसहित ट्रफी पा्रपत गरिन् । भोलि अन्तिम सेमिफाइनल खेल पाथीभरा याङवरक गाउँपालिकाले मेरिङदेन गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको छ । मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पाउने छ ।
यसैगरी, गोल्डकपको उपविजेताले नगद १ लाख २ हजार ८२ मा चित्त बुझाउनु पर्नेछ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद ५ हजार पाउँदा विधागत पुरस्कारतर्फ नगद ८ हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्र थेवेले जानकारी दिएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी पाउने छ ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई